कोभिड कहरमा प्रदेश २ का मिडिया हाउस र मिडियाकर्मी

डिसी नेपाल
११ साउन २०७८ ८:०६
200
Shares

वीरजञ्ज। काठमाडौ बाहिर मोफसलको केन्द्रिविन्दु वीरगन्जमा २००८ सालदेखि नै पत्रिका प्रकाशित भएको इतिहास छ। त्यसैले पनि हालको प्रदेश नं. २ अर्थात मधेशका पत्रकारिताको पृष्ठभूमि निकै पुरानै मानिन्छ।

उतिबेला राणा कालमा पत्रिकाहरु दर्ता नै हुदैन्थ्यो। साहित्यिक पत्रिकाहरु त्यो पनि दरबारीया समर्पित छिटफूट एकाध पत्रिकाहरु प्रकाशन हुन्थे। त्यसयता मात्रै पत्रपत्रिका प्रकाशन हुन थालेको इतिहास पाइन्छ। राजतन्त्रको सकृय शासन कालमा पनि खासै पत्रपत्रिकाहरु फष्टाउन सकेनन्। बहुदल आएपछि भने वीरगन्ज र जनकपुर लगायतको मध्य तराईको विभिन्न स्थानबाट ह्वात्तै पत्र पत्रिकाहरु प्रकाशनमा आए।

वीरगन्जकै सन्दर्भमा भन्ने हो भने अचेल पत्रिका सबैभन्दा सुरुमा प्रकाशनमा आएको देखिन्छ । वीरगन्ज र यस आसपासमा छापाखाना नभएका कारण सुरुमा बाहिरबाट पत्रिका छापेर ल्याउने गरेको अगुवा पत्रकार सुदर्शनराज पाण्डे बताउछन । त्यसपछि सप्तरीमा सूचना साप्ताहिक भनेर निकालियो पछि वीरगंजबाट मातृभुमि र मालिङ्गो पत्रिका निस्के ।

२०४६ सालपछि भने थौरै व्यवसायिक रुपमा संचार माध्यम बढ्दै गए । त्यस पछि खोज पत्रिका पनि सुरु भयो। २०४६ पछि र गणतन्त्र अगाडी संचार माध्यहरुको संख्यात्मक रुपमा राम्रै विकास भयो। त्यसयता संख्यात्मक रुपमा ह्वात्तै पत्रपत्रिका नथपिए पनि निरन्तर संचार माध्यम थपिने क्रम भने चलिरहेकै अग्रज पत्रकार शंकर खतिवडाले बताए।

प्रदेश २ मा पत्रकारको संख्या यकिन छैन । नेपाल पत्रकार महासंघमा आबद्ध पत्रकारहरुको संख्या भने यकिन भन्न सकिने भए पनि फिल्डमा भएका पत्रकार अझै गणनामा नसमेटिएको दुई दशकबढि पर्सामा पत्रकारिता गर्दै आएका तुलसी भण्डारी बताउँछन् ।

पत्रकारितालाई नै मुख्य पेशा बनाएर खट्ने पत्रकार संख्याभन्दा साइड जब जस्तो गरी यसमा आबद्ध भएर अन्य कामबाट फाइदा लिने पत्रकारहरु पनि यो पेशामा भएको उनको भनाइ छ ।

तथापि पत्रकार भने कहलिएका छन् उनले भने । यसमा आंसिक रुपमा काम गर्नेको संख्या धेरै अरु पत्रकारहरुको पनि भनाइ यहि छ । खास गरी रेडियोमा कार्यक्रम संचालन गर्ने तथा पत्रिकामा लेखहरु लेख्ने सबैको संख्या पनि नसमेटिएको पत्रकार भण्डारीको तर्क छ । नेपाल पत्रकार महासंघसंग आबद्ध पत्रकारहरु मात्र चाही प्रदेश नम्बर २ मा ७ सय ९९ रहेको छ ।

मिडियामा प्रभाव

कोभिडको कारणले संचार क्षेत्रले ठूलो चुनौति सामना गर्नु परेको छ । कोभिडले गरेको असरभन्दा पनि सरकारले पहिले लकडाउन गरिदियो वीरगन्जबाट प्रकाशित प्रतिक दैनिकका संचालक वरिष्ठ पत्रकार जगदिश शर्माले भने, सरकारले लकडाउन गरेपछि पसल–ससल सबै बन्द भए । मान्छे हिडडुल गर्न पाएनन् । बाहिर निस्कन स्थानीय प्रशासनले दिएन ।

अनि पत्रिका निकालेर पनि बाहिर बितरण हुन सक्दैन । स्टकमा भएको कागज सकिएपछि अर्को कागज किन्न पाइएन । धेरै अखबारहरु त्यसै गरी बन्द हुँदैछन् । जोसँग स्टक छ उसले बिस्तारै चलायो पछि बन्द भयो ।

पत्रिका निकाल्न थालेपछि मैले यस्तो खालको समस्या कहिले भोग्नु परेको थिएन । विभिन्न आन्दोलनहरु भए, नाकाबन्दी भयो । तर यस्तो किसीमको समस्या आएको थिएन । यो समस्या आउँछ भनेर सोचेको पनि थिएन बरिष्ठ पत्रकार शर्माले बताए ।

कोरोनाको प्रभावले संचार क्षेत्रलाई तहसनहस बनाएको अप्पन टिभी जनकपुरका व्यवस्थापक नविन कुमार साहले बताए । खास गरी प्रदेश २ मा टेलिभिजन संचालन गर्न पहिला नै अप्ठ्यारो थियो । संचालन खर्च बढी हुने तर त्यसको अनुपातमा आम्दानीको श्रोत नहुने समस्या पुरानै हो।

अझ कोरोनाले मर्माहत बनाएको छ । विज्ञापन छैन । खर्च कहाँबाट चलाउने उनले तर्क गरे । प्रदेश वा स्थानीय सरकारकाबाट कुनै किसिमको आर्थिक सहयोग छैन । फ्रन्टलाइनमा खटिने पत्रकार मात्र नभएर भित्री रुपमा काम गर्ने प्राविधिक, क्यामरम्यान लगायत अन्य कर्मचारीहरु समेत समस्यामा रहेको साह बताउछन।

समग्र पत्रकारीतामा यो कोभिड नराम्रो प्रभाव पारेको नारायणी एफएम वीरगन्जका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले बताए । रोडियोमा काम गर्ने जनशक्ति परिचालन गर्न अप्ठ्यारो छ । किनकी कोभिडको संक्रमण फैलिदैजादा रेडियाका जनशक्ति पनि संक्रमित हुने र रोडियोमा भने जस्तो कार्यक्रम उत्पादन गर्न नसकिने अवस्था कोभिडले निम्त्याएको छ ।

यसको अलावा आर्थिक श्रोत परिचालनमा पनि झण्डै २–३ महिना धेरै अप्ठ्यारो अवस्थामा गुज्रनु प¥यो उनले भने, सबै उद्योगधन्दा बन्द हुँदा मिडियामा विज्ञापन छैन । जसले विज्ञापन दिने हो ती क्षेत्र नै प्रभावित भएपछि उनीहरुले विज्ञापन दिने कुरै भएन । विज्ञापन नदिदा मिडियाको चल्ने आधार नै सकसमा परेको छ अध्यक्ष देवकोटाले बताए ।

पहिलेको विज्ञापनको पैसा समयमा नै बजारबाट उठाउन सक्ने अवस्था पनि छैन । अहिले अवस्था असहज छ । पैसा उठाउने सक्ने अवस्था मिडिया हाउसको नभएपछि समयमा पारिश्रमिकका कुरा पनि सम्भव हुँदैन । यसले कर्मचारी तथा मिडियाकर्मीलाई पनि समस्था थपिएको छ।

कोभिडको कारणले पत्रपत्रिकाको पहुँच जनतासँग नहुने हुँदा जनताको बीचमा सजिलो माध्यम रेडियोहरु नै भए । श्रोताको संख्या र रेडियोको महत्व चाही बढ्यो अकुराबका निवर्तमान महासचिव समेत रहेका देवकोटाले तर्क गरे । अब टेलिभिजन सबको घरमा नहुन पनि सक्छ ।

तसर्थ रेडियो मोबाइलबाट पनि सुन्न सक्ने भएको हुनाले जनताको घर दैलोमा पुग्ने मिडियाको पहुँच रेडियो नै भयो । तथापि विज्ञापन बजार साँघुरिएको छ । लकडाउन खुलेपछि तत्काल बजार चलायामान देखिने भए पनि विज्ञापनको बजार भने तुरुन्त हुँदैन उनले थपे । यो समस्याले सञ्चारकर्मी पनि कति बिस्थापन हुनु पर्ने हो भन्न नसकिने अवस्था छ उनले बताए ।

मानसिक समस्या पनि संचारकर्मीहरुमा थपिएको छ । पत्रकारिता गरिरहदा यस्तो महाविपत्तिमा कसरी सुरक्षित भएर नागरिकलाई सूूचना दिन सकिन्छ ? भन्ने दुईवटा कुरा प्रमुख भएका छन् । विभिन्न विपतिको सामना गर्दै कसरी सहज ढङ्गले काम गर्न सकिन्छ ? भन्ने बाटो खोज्न अब जरुरी भयो अध्यक्ष देवकोटाले समग्रमा बताए ।

‘विश्वास एफएम कलैयाका कार्यकारी निर्देशक साजिर मन्सुरले पनि पत्रकारितामा कोरोनाको प्रभाव नराम्रो परेको बताए । फ्रन्टलाईनमा काम गर्ने छापा माध्यमका पत्रकारहरु मिडिया हाउस नै बन्द भएपछि जागिरबाट हातै धुनुपर्ने अवस्थामा पुगेको उनले तर्क छ । स्थानीय, प्रादेशिक वा केद्रिय स्तरका धेरै संचार माध्यमहरु बन्द भए । केही सक्षम रेडियो बाहेकका रेडियोहरु गित संगित मात्र बजाएर बसेका छन् । बाँकी धेरै संचार माध्यमहरुले कर्मचारी कटौति त कतिपयले तलब कटौति गरेका छन्,’ उनले भने ।

‘पत्रकार र पत्रकारका घर परिवारले अहिलेसम्म पनि मानसिक रुपमा तनाव व्यवहोर्नु परिरहेको छ । पहिला मान्छेहरु पत्रकार भने पछि कार्यक्रम बोलाउँथे । आसन ग्रहण गराउँथे । अहिले त सकेसम्म नआई दिए हुन्थ्यो जस्तो गर्छन् । पत्रकाहरु धेरै ठाउँमा जान्छन् । यसलाई त पक्कै पनि कोरोना लागेको होला भन्ने ठानी मजाकमा भए पनि तपाईहरु त बाहिर गइरहनु हुन्छ भनी अलि हेंलाको दृष्टिले भन्छन् ।यस्तो अवस्थामा पत्रकारहरु बाँच्नु परिरहेको छ । पत्रकारले नै कोरोना भाइरस बोकेर हिडेको जस्तो धेरै मानिसले व्यवहार गर्छन्,’ मन्सुरले भने ।

कृष्णा राष्ट्रिय दैनिकबाट पत्रकारितामा प्रवेश गरेकी सप्तरीको राजविराजकी सुधा देव पनि पहिले जस्तो समाचार संकलन गर्न बाहिर जाने नगरेको बताउँछिन् । मधेशमा रहेर आफ्नै प्रकाशन सम्पादनमा २०६५ सालबाट न्यू स्वर्णिम सन्ध्या साप्ताहिक प्रकाशनमा ल्याएकी उनी पनि विभिन्न समस्या र उतारचढावका बावजूद पनि पत्रिका चल्दै भएको भए पनि अब सकस भएको बताउन थालेकी छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण अब सबै क्षेत्र ठप्प भयो ।

विज्ञापनलाई निरन्तरता दिए पनि पैसा पाइरहेको अवस्था छैन । हुलाक वा निजी कुरियर बन्द रहेको अवस्थाले गर्दा निशेधाज्ञामा पनि पाठकसम्म पत्रिका पु¥याउन सकस भएको तर्क गर्छिन् । वर्गीकरणको रकम पनि आएको छैन आर्थिक आभाव झेल्नु परिरहेको छ उनले भनिन् । मिडिया हाउस र मिडियाकर्मीलाई अझ टिकाइ राख्न हरेक क्षेत्रबाट साथ चाहिने उनको तर्क छ ।

दोस्रोे चरणको कोरोनाका कारण संचार क्षेत्र नराम्ररी प्रभावित भइरहेको रेडियो वीरगन्ज र टिभी वीरगन्जका सञ्चालक ध्रुव साहले बताए । अब के हुन्छ ? धेरै संचारगृहहरु बन्द नै हुने अवस्थामा हुन थाल्यो । कर बिद्युत सरकारले छुट दिनु पर्छ ।

यस्तो महामारीमा स्थानीय सरकारले जनतालाई सूचना प्रवाह गर्ने स्थानीय रेडियो र पत्रपत्रिका टेलिभिजनबाट प्रशारण गरी संचार गृहलाई बचाउनु पर्दछ । अर्कोकुरा प्रदेश सरकारले अहिलेसम्म कुनै किसिमको संचारगृहको लागी राहत प्याकेजको खाका समेत अघि सारेको छैन । स्थानीय, प्रदेश र केन्द्र सरकारले सबै संचारगृह र संचारकर्मीलाई बिपत र महामारीबाट बचाउन प्याकेज नै बनाएर आउनु पर्छ ।

यो महामारीले नेपाल मात्र होईन विश्व नै आक्रान्त बनेको छ । यस्तो अवस्थामा ज्यान जोगाउनु नै पहिलो प्राथमिकता हो । यस्ता विपत तथा महामारीहरु भनेर आउदैनन त्यसैले संचार क्षेत्रलाई मुख्य पेशा बनाएर काम गरिरहेका संचारकर्मी तथा पत्रकाहरुले आफुलाई प्रविधि मैत्री बनाउदै लग्नु पर्छ । तव मात्र यस पेशालाई जोगाउन सकिन्छ । अहिले घर बाहिर गएर काम गर्ने वातावरण छैन यस्तो समयमा विभिन्न प्रविधिको प्रयोग तथा श्रोतबाट नै काम गर्नु पर्ने बताउछन खोज पत्रकारिता केन्द्रका अध्यक्ष चन्द्रकिशोर झा ।

विश्व स्वास्थ्य संगठन ( ध्ज्इ ) ले कोभिड १९ लाई महामारीको रुपमा घोषणा गरेपछि विश्वको अर्थतन्त्र नै रोकियो । यसको प्रभावबाट कोही अछुतो रहन सकेन । तर पत्रकारीता क्षेत्र बढी प्रभावित हुन पुगेको भनाई संचारकर्मी रितेश त्रिपाठीको छ । संचार क्षेत्रको मुख्य श्रोत नै विज्ञापन हो । जब औद्योगिक क्षेत्रमा संकट आइपर्छ । तव उनीहरु दुईवटा कुरा कटौती गर्छन् विज्ञापन र कर्मचारी । यी दुईवटैको चपेटामा पत्रकारीता क्षेत्र पनि परिरहेको छ ।

‘अहिलेको व्यवसायिक पत्रकारिता नाफा मुलक पत्रकारीता हो । ठूला मिडिया हाउसहरुले कर्मचारी कटौति गर्न थाले, कर्मचरीको तलब रोक्न थाले । किन भने उनीहरुको आम्दानी बन्द भएको छ । व्यवसायिक रुपमा पत्रकारिता गर्ने साथीहरु अझ मारमा परेका छन् । उनीहरुको अरु कुनै आम्दानी छैन । न त तुरुन्तै कुनै ठाउँमा जागिर पाउन सक्ने अवस्था छ । महमारीको समयमा सरकारले सूचनामा नियन्त्रण कायम ग¥यो । अस्पतालको सूचना पनि जिल्ला प्रशासन कार्यालयहरुबाट वितरण हुन थाल्यो । समयमा सूचना नपाउने, सहि सूचना नपाउने भएका कारण अरु प्रभाव संगसंगै पत्रकारीता क्षेत्र विश्वसनीयता गुमाउनु पर्ने अवस्था पनि सृजना भएको छ । समयमा सूचना नदिएका कारण आम मानिस मिडियालाई नराकारात्मक रुपमा हेर्न थालेका छन् यो मार पनि पत्रकारहरुले खेप्न परिरहेको छ,’ उनले भने ।

यो महामारीको समयमा पत्रकारहरुलाई दुई तीन किमिसको सहयोगको आवश्यकता थियो । तर त्यो हुन नसकेको महशुस गरेको छु त्रिपाठीले भने । जागिर गुमाएका पत्रकारहरुलाई मिडिया हाउससंग समन्वय गरेर काम गर्ने वातावरण बनाउने, राहत वितरण गर्ने र सुचनाको लागि समन्वयकारी भूमिका निर्वाह गर्ने । तर यी काम न त पत्रकारहरुको छाता संगठन पत्रकार महासंघबाट समन्वय हुनु पर्ने थियो ।

पत्रकार महासंघको विधानमा पत्रकारहरुलाई राहत सहयोग गर्ने लेखिएकै छैन । किन भने यस्तो खालको विपतको सामना पत्रकारले पनि गर्नु पर्छ भनेर कसैले कल्पना समेत गरेको थिएन । यो कुरालाई मनन गर्नु पथ्र्यो । कतिपय पत्रकाहरुको मोटरसाइकलमा तेल छैन । बालबच्चालाई औषधी किन्ने पैसा छैन । घर भाडा तिर्ने पैसा छैन । यहाँसम्म कि रासन किन्ने पैसा छैन । भित्रै पीडा लुकाएर आफूले समेत काम गरेको अनुभव छ उनले बताए ।

कामकै सिलसिलामा कोरोनो संक्रमित भएपछि आफनै सहकर्मी र संचालकबाट भएको व्यवहार सहनै नसकिने महेन्द्र सहनीले बताए । संक्रमित भएकै कारण जागिर गुमाएका बाराका संचारकर्मी सहनी । भेदभाव हटाउनु पर्ने सन्देश प्रभाव गर्ने स्थानबाटै आफूलाई विभेद भयो उनले भने । ४ जना छोराछोरी र श्रीमती सहित परिवारका ५ जना क्वारेन्टिनमा बसेको उनले पहिलो लहरको अनुभव सुनाए । अवस्था दोस्रो लहरमा पनि उस्तै छ ।

कोरोनाको पहिलो लहरलेभन्दा दोस्रो लहरले परिवर्तित मानव सम्भयतालाई थचक्कै बनाएको शिक्षा पत्रकार समूह प्रदेश २ का सदस्य समेत रहेका तुलसी भण्डारीले भने । पत्रकारहरुको पहूँचमा हुन पर्ने सूचनाको श्रोत संकुचन गरिएको छ । यत्रो महामारीमा बिरामीको ठोस लागत पनि राख्न नसक्ने राज्यसंयन्त्रको निकम्मा पना भनिसाध्य छैन । जिल्लाबाट हेलिकेप्टरमा बाहिर कति बिरामी गए भन्ने तथ्याँक जिल्लाका कुनै संयन्त्रसँग नहुनु लाजमर्दो बिषय हो कोरोनाको सन्दर्भमा ।

च्याउझैं खुलेका अधिकारका कुरा गर्ने पत्रकारहरुका संगठन कार्यक्रम हुँदा आसन ग्रहणका लागि मात्र खुलेका बुलबुले संगठन झै मात्र देखिएका छन् । पत्रकारहरुको छाता संगठन पनि गुमनाम छ । केन्द्रले प्रदेश र जिल्लालाई यस्तो समयमा जगाउन सक्नु पथ्र्यो । यो पनि पानी माथिको ओभानो भएको छ । लुट्नका लागि मात्र बनेका जस्ता स्थानीय, प्रदेश र केन्द्र सरकार गैर जिम्मेवार छन् जनताको लागि ।

पत्रकारको लागि झन अर्थहीन छन् । यसको अतिरिक्त श्रमजीबी पत्रकारहरुलाई फाइदा भएको समयमा सूईंको नदिने मिडिया मालिकहरु विपत्मा दुःखको राग अलापी रहेका छन् । फाइदाका लागि खोलिएका संस्थाहरु एकाध महिना घाटामा गए जनशक्ति कटौति गर्ने र पारिश्रमिक च्याप्ने ध्याउन्नमा छन् । श्रमजीबी पत्रकारको जनजीबीकाको कुरा, कामको ग्याारेन्टी, पारिश्रमिकको व्यवस्था गर्न मिडिया हाउस बचाउने र पत्रकार बचाउने कुरा त राज्यको जिम्मेवारी हो विपतका वेलामा ।

मिडिया क्षेत्र भनेको अरु क्षेत्रहरु जस्तो होइन । आम मानिसलाई कोठामा थुनेर कोरोनाको नाममा अपचलन गर्नेहरुले यता विर्सिएका छन् । मिडियाकर्मी र मिडिया क्षेत्र नजोगाए मुलुकको सहि अनुहार हेर्न लामो समयसम्म तड्िपनु वाहेक अरु विकल्प छैन । यो तड्पाई महामारीभन्दा झन खतरनाक हुन सक्छ । यसको लागि मिडिया बचाउ विपत् कोष खडा गरी उचित मापनका आधारमा सहयोग उपलब्ध गराउनु पर्छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश २ इन्चार्ज नीरज पिठाकोटे मगरको बुझाईमा मानव समाज प्रभावित हँुदा यो क्षेत्र पनि नराम्ररी प्रभावित भएको छ । सूचना सम्प्रेषणमा अग्रपंक्तिमा रहेर काम गर्नु पर्ने पेशा भएकोले पनि यो जोखिममा पत्रकारहरु चूनौति रहेको बताए। प्रदेश नम्बर २ को सन्दर्भमा भन्नु पर्दा चिन्ता गर्नुपर्ने ठाउँ छ । त्यो के भने प्रदेश २ मा मिडिया हाउस नभएका होइनन् । तर, स्वरोजगारमूलक मिडियाहरु बढी छन् ।

स्वरोजगारमूलक मिडिया भएकैले यो प्रदेशमा कोही पनि पत्रकारले जागिर छोड्न परेको अवस्था चाही छैन । श्रमजिवी पत्रकारहरुलाई भने चिन्तन मनन् गर्नुपर्ने पाठ सिकाएको छ । जहाँ बढी स्वरोजगारका मिडिया हाउस हुन्छन् । त्यहाँ श्रमजीवि पत्रकारहरुले कुनै अवसर पाउने सम्भावना रहदैन । यो समयमा रेडियो एफ.एम. सुन्नेहरुको संख्या भने बढेको छ ।

लकडाउनका कारणले सबै घरभित्रै बस्नुपर्ने र कोरोनाले विश्व हल्लाएको अवस्थामा सबैको चासोको विषय बनेकोले सूचना र जानकारी प्राप्त गर्ने एकमात्र सहज माध्यम रेडियो एफ.एम बनेको छ । कोभिडको महामारीबाट संचारमाध्यम बचाउन सहयोग भनेको लोकल्याणकारी विज्ञापन मात्रै हो । प्रदेशमा सञ्चार क्षेत्रका लागि खासै सहयोग भएको मैले पाइन । पत्रकारहरुलाई केही स्थानीय तहले कोरोना वीमा गरिदिएको सुनेको वाहेक अरु केही काम भएको छैन । एउटा दीर्घकालिन सहयोगको आवश्यकता छ । त्यो मिडिया र मिडियामा काम गर्नेहरुको भविष्य सुरक्षितका लागि । तहगत सरकारको विपद कोष जस्तै मिडियाको लागि एउटा छुट्टै कोषको स्थापना आवश्यक छ ।

विश्वभर असर गरेको कोभिड १९ ले अन्य क्षेत्रको साथै सञ्चार क्षेत्रलाई प्रभावित पारेको छ । निषेधाज्ञाले उद्योग व्यवसाय ठप्प छन् । संचार क्षेत्रको आम्दानीको श्रोत त्यहि रोकिएको छ । पत्रकाहरु आफनो रोजी रोटीका लागि संघर्ष गरिरहेका छन् । संचारगृहरु आफनो संस्थालाई जोगाई राख्न संघर्षरत छन् । अरुको कथा व्यथा प्रस्तुत गर्ने संचार माध्यम र संचारकर्मीहरु अहिले आफनै व्यथाको शिकार भएका छन् ।

आफू संक्रमित भएर पनि जनतालाई सूचना प्रवाह गर्ने कुरामा संचारकर्मी लागि रहेको समयमा आर्थिक अभावको कारण स्थानीय स्तरबाट प्रकाशित हुने धेरै पत्रपत्रिकाहरु बन्द भएका छन् । प्रदेश २ मा रहेका आमसंचार माध्मम र त्यसमा आश्रित संचारकर्मीको संख्या यकिन गरी व्यवस्थापन गर्न एउटा चुश्त संयन्त्र बनाई काम सुरु गरिहाल्नु पर्छ ।

आम जनतालाई सही सूचना मर्दैछ एकतर्फ भने अर्को तर्फ यसैमा आश्रित पत्रकारको घरको चुलो निभ्दैछ । यो जोखिम कम गर्न विपत्मा काम गर्ने शिपको विकास र संचारमाध्यमको बचाउका लागि पत्रकार महासंघ लगायतका संघ संगठनले गम्भीरतापूर्वक निष्कर्ष निकाल्न जरुरी छ।

सञ्चारिका समूह

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.