निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा

डिसी नेपाल
१५ साउन २०७८ १६:०३
140
Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव समूहलाई दिने निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुर समूह सर्वोच्च अदालत पुगेको छ। ठाकुर समूहले शुक्रबार सर्वोच्चमा निर्वाचन आयोगको निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेको छ।

यही साउन ११ मा निर्वाचन आयोगमा गठन भएको पाँच सदस्यीय इजलासले जसपाको आधिकारिकता विवादमा हेडकाउन्टपछि उपेन्द्र यादव समूहलाई आधिकारिकता दिने फैसला गरेको थियो। ५१ सदस्यीय जसपाको कार्यकारिणी समितिमा ठाकुर पक्षमामात्र १६ जना देखिए भने उपेन्द्रको पक्षमा ३४ जना देखिए।

यस्तै एकजना तथस्ट रहे। यसरी उपेन्द्र यादव पक्षले इजलासमा बहुमत सिद्ध गरेपछि उपेन्द्र यादव अध्यक्ष रहेको समूहलाई निर्वाचन आयोगले आधिकारिता दियो भने महन्थ ठाकुर पक्षलाई नयाँ दल स्थापना गर्ने मौका दिने फैसला गर्यो।

तर दल विभाजनका लागि ठाकुर पक्षसँग कार्यकारिणी समिति र संघीय संसदको संसदीय दलमा आवश्यक संख्या पुगेको छैन। दल विभाजनका लागि दुबै समितिमा कम्तिमा ४० प्रतिशत सदस्य आवश्यक पर्छ। तर, ठाकुर दुबै समितिमा ४० प्रतिशत पुर्याउन असफल देखिएका छन्। त्यसैले ठाकुर समूह सर्वोच्च पुगेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.