रास्वपा केन्द्रीय समिति बैठक साउन १३ गते बस्ने

डिसी नेपाल
११ साउन २०८३ २०:२४

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी साउन १३ गतेका लागि केन्द्रीय समिति बैठक आह्वान गरेको छ। पार्टीको आन्तरिक सुदृढीकरण र आगामी रणनीति तय गर्न उक्त बैठक बस्न लागेको हो।

पार्टी महामन्त्री विपिनकुमार आचार्यले दिएको जानकारी अनुसार केन्द्रीय समिति बैठक साउन १३ गते बिहान ११ बजे वनस्थलीस्थित घण्टीघरमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा पार्टीको संगठनात्मक स्वरूप र आगामी कार्ययोजनाबारे विस्तृत छलफल हुनेछ।

बैठकका लागि पाँचवटा प्रमुख एजेन्डा तय गरिएका छन्। जसअन्तर्गत सम्पन्न महाधिवेशनको समग्र समीक्षा गर्ने, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।

यसका साथै सांगठनिक व्यवस्थापन, विभिन्न पदमा मनोनयन तथा आगामी दिनमा सञ्चालन गरिने अभियान र कार्यक्रमहरूको बारेमा समेत छलफल गरी ठोस निर्णय लिइने रास्वपाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *