चोलेन्द्र पक्राउ प्रकरणमा मानव अधिकार आयोगले एसएसपीलाई बोलायो

डिसी नेपाल
१२ असोज २०८३ १६:५०

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएको विषयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई सोधपुछका लागि बोलाएको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार जबरा नियन्त्रणमा परेपछि आइतबार आयोगको टोली अनुगमनका लागि टेकु पुगे पनि उनलाई भेट्न नदिएको विषयमा छलफल गर्न खड्कालाई बोलाइएको हो। आयोगको टोली करिब ४५ मिनेट गेटमै बसेर फर्किएको थियो।

शनिबार राति प्रहरीले नियन्त्रणमा लिएका चोलेन्द्रलाई आइतबार अपराहन्न करिब २ बजे परिवारको जिम्मा लगाइएको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *