एमालेका दोस्रो तहका नेताहरु छलफलमा
काठमाडौं । नेकपा एमाले दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार अपराह्न स्थायी कमिटी बैठक बोलाएपछि उनीहरु अनौपचारिक छलफलमा जुटेका हुन्।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, गोकर्ण विष्टलगायतका नेताहरुको सहभागिता रहेको बताइएको छ। एकताको प्रयासका लागि शिर्ष नेताहरुलाई संवादमा ल्याउने बारे छलफल भइरहेको बताइएको छ।
आजै बस्ने बैठकअघि नै निचोडमा पुग्ने गरी छलफल भइरहेको छ। अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वार्ता गराउने प्रयास अझै सफल भएको छैन ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment