जसपा संसदीय दलको नेतामा यादव
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेतामा उप्रेन्द्र यादवलाई चयन गरेको छ। पार्टीले आधिकारिकता पाएपछि पहिलो पटक बसेको संसदीय दलको बैठकले यादवलाई दलको नेता चयन गरेको हो।
जसपाको अध्यक्ष समेत रहेका यादव दलको नेता बनेका हुन्। यसअघि दलको नेतामा महन्थ ठाकुर थिए।
आज बसेको बैठकमा डा. बाबुराम भट्टराईले यादवलाई दलको नेता प्रस्ताव गरेका थिए, भने महेन्द्र राय यादवले समर्थन गरेका थिए। भट्टराई पार्टीको संघीय परिषद् अध्यक्ष हुन ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment