चाक्सीबारीमा सिंह, कोइराला र निधिबीच छलफल

डिसी नेपाल
१६ साउन २०७८ १७:२३
236
Shares

काठमाडौं। नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच शनिबार सिंह निवास चाक्सीबारीमा भेटवार्ता भएको छ। काँग्रेसको महाधिवेशन तोकिएको मितिमा नहुने सम्भाना बढिहरेका बेला तीन नेताबीच छलफल भएको हो।

महाधिवेशन र वर्तमान राजनीतिबारे छलफल भएको सिंहका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिएका छन्। यी तीन नेताबीच यसअघि पनि तीन चरणमा छलफल भएको थियो।, त्यतिबेला यी तीन नेताले आगामी महाधिवेशनमा मिलेर अगाडि बढ्ने बताएका थिए।

तर, यी नेताहरुको भेटबारे वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्ट बनेपछि भेटवार्ता रोकिएको थियो। तर, काँग्रेस सत्तामा गएपछि उनीहरुबीच फेरि भेट भएको हो। महाधिवेशनको मिति सार्ने लगभग निश्चित भइरहेका बेला भएको यो भेटलाइृ अर्थपूर्ण रुपमा हेरिएको छ। यो भेटमा देउवा सरकारमा सहभागी हुने काँग्रेसका मन्त्रिहरुबारे पनि छलफल भएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *