मन्त्री छान्न माओवादी स्थायी कमिटी बैठक जारी

डिसी नेपाल
१७ साउन २०७८ १२:५१
288
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरिरहेका बेला सरकारमा सहभागी हुने मन्त्री चयन माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा सरकारमा सहभागी हुने मन्त्री चयन गर्ने एक स्थायी कमिटी सदस्यले जानकारी दिए।

एमाले वरिष्ठ नेता माधव नेपाली समूहलाई सरकारमा सहभागी गराउन मन्त्रिपरिषद विस्तार गर्न ढिलाइ गरेका प्रधानमन्त्री देउवाले अब केही दिनभित्रै सरकार विस्तार गर्ने तयारी गरेपछि माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्री चयन गर्न लागेको हो।

माओवादीमा मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्री चयन गर्न सकस परेको छ। हाल माओवादी केन्द्रबाट दुई जना मन्त्री सरकारमा सहभागी भएका छन्। स्रोतका अनुसार माधव नेपाल समूह सरकारमा सहभागी नहुने अवस्थामा माओवादीले सात वटा मन्त्रालय पाउने बताइएको छ। माओवादीका भागका सात वटा मन्त्रालय पर्यो भने उसले पाँच वटा अरु मन्त्रालय पाउने छ।

यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार विहान एमाले वरिष्ठ नेता माधव नेपालसँग भेट गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए।

‘सरकारमा सहभागी हुनुस्, अब सरकार विस्तारमा ढिला गर्नु हुँदैन,’ प्रचण्डले नेपाललाई गरेको आग्रह उद्धृत गर्दै प्रचण्ड निकट स्रोतले भन्यो। जवाफमा नेपालले आज आफ्नो समूहको बैठक बस्ने सरकारमा सहभागी हुने नहुने विषयमा निर्णय गर्ने जवाफ दिएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.