देउवाको स्तुतिगान गरिएको भिडियोलाई काँग्रेस महामन्त्रीले भने : गाईजात्रा

डिसी नेपाल
२१ साउन २०७८ २३:३७
984
Shares

काठमाडौं। प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको स्तुतिगान गरिएका भिडियोहरु प्रधानमन्त्रीको सचिवालयबाट सार्वजनिक भएपछि देउवाको र सचिवलायको व्यापक आलोचना भइरहेका बेला काँग्रेस भित्रैबाट त्यसको विरोध भएको छ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सो भिडियो सार्वजनिक गर्ने कार्यलाई गाईजात्राको संज्ञा दिएका छन्। उनले त्यस्ता भिडियोहरु सार्वजनिक नगर्नसमेत प्रधानमन्त्रीको सचिवालयलाई सुझाव दिएका छन्।

सरकारलाई सहयोग गर्न गठित गठबन्धन दलहरुको सँयुक्त कार्यदलका संयोजकसमेत रहेका खड्काले विहीबार राति फेसबुकमा स्टाटस लेख्दै त्यस्ता भिडियोहरु सार्वजनिक नगर्न सुझाव दिएका हुन्। महामन्त्री खड्का प्रधानमन्त्री देउवा निकटका नेतासमेत हुन्।


यसअघि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पनि त्यस्ता भिडियोहरु सार्वजनिक नगर्न सुझाव दिएका थिए। उनले यो काम गर्ने बेला भएको भन्दै काम गरे जनताले नै भिडियो बनाउनेसमेत बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *