संस्थापन इतरपक्षका जिल्ला सभापतिहरुको २५ गते भेला
फाइल
काठमाडौं। साउन २५ गते नेपाली कांग्रेसका संस्थापन इतरपक्षका जिल्ला सभापतिहरुको बैठक बोलाएको छ। भदौमा हुने १४ औँ महाधिवेशनमा केन्द्रित रहेर उक्त बैठक तोकिएको हो।
भदौमा जसरीपनि महाधिवेशन गर्नै पर्ने संवैधानिक बाध्यतामा रहेको कांग्रेसको अधिवेशनको कार्यतालिका अनुसार वडा,नगर,प्रदेश निर्वाचन क्षेत्र,जिल्ला र प्रदेशको कार्यतालिका प्रभावित भइसकेको छ भने केन्द्रीय अधिवेशनको मिति भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा तय भएको छ।
‘अधिवेशनको मिति नजिकिदै जाँदापनि अझै सुनिश्चिितता नभएका कारण भदौमा जसरीपनि अधिवेशन सम्पन्न गर्न नेतृत्व तहलाई दबाव स्वरुप यो बैठक बोलाइएको हो,’ नुवाकोटका सभापति जगदिश्वरनर सिंह केसीले भने, ‘काठमाडौंमा उपलब्ध सभापतिहरुको मात्र भेला हो।’ यसअघि पनि उक्त समूहका सभापतिहरु विभिन्न चरणमा भेल गर्दै आएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment