नेपाल समूहको बैठक : सदस्यले बोल्ने क्रम सकिएपछि शीर्ष नेता छुट्टै परामर्शमा

डिसी नेपाल
२२ साउन २०७८ १४:११
684
Shares

काठमाडौं। पार्टी एकता गर्ने वा सरकारमा सहभागी हुने भन्ने विषयमा बिहीबारदेखि सुरु भएको एमाले वरिष्ठ नेता माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले बोल्ने क्रम सकिएको छ।

राजधानीको एक पार्टी प्लायेसमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले बोल्नेक्रम सकिएको छ। बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टी एकताको पक्षमा लाग्नु पर्ने तर त्यसका लागि अध्यक्ष केपी शर्मा ओली सकारात्मक हुनुपर्ने सुझाव दिएका छन्।

तर केही सदस्यले भने अध्यक्ष ओली नसुध्रिने भन्दै एकता भन्दा पनि नयाँ ढंगले अगाडि जानुपर्ने सुझाव दिएका छन्।

केन्द्रीय सदस्यले बोल्ने क्रम सकिएपछि वरिष्ठ नेता नेपालसहित विघटित कार्यदलमा रहेका सदस्यसहित अन्य केही नेता छुट्टै परामर्श गरिरहेका छन्। नेपाल समूहको बैठकले आज ठोस निर्णय लिने अनुमान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *