माधव नेपाल र प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ ।
कोटेश्वरस्थितवरिष्ठ नेता नेपाल निवासमा उनलाई भेट्न प्रचण्ड पुगेका थिए । उनीहरुबीच वर्तमान राजनीतिक घट्नाक्रमका बारेमा कुराकानी भएको स्रोतले बतायो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको एक महिना पूरा हुँदासमेत सरकारले पूर्णता पाउन सकेको छैन । गठबन्धन दलमा मन्त्री चयन गर्न नसकेका कारण मन्त्रिपरिषद विस्तारले पूर्णता नपाएको नेताहरुले बताएका छन्।
देउवा सरकार गठनमा निर्णायक भूमिका निर्वाह गरेको माधव नेपाल समूहलाई पनि सरकारमा सहभागी गराउन प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड लागिपरेका छन्।
नेपाल समूहले निर्णय गर्न नसक्दा सरकार विस्तारमा ढिलाइ भएको गठबन्धनका नेतहरुले बताएका छन्।







डिसी नेपाल








Facebook Comment