कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’ मा उज्ज्वल बराल र प्रदीपराज शर्मा मनोनीत
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको ‘अन्य राजनीतिक दल संवाद समिति’मा दुई जना केन्द्रीय सदस्यलाई मनोनयन गरेका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालयबाट जारी प्रेस विज्ञप्तिअनुसार केन्द्रीय सदस्य अर्जुननरसिंह के.सी.को संयोजकत्वमा रहेको उक्त समितिमा केन्द्रीय सदस्यद्वय उज्ज्वलप्रसाद बराल र प्रदीपराज शर्मालाई सदस्यका रूपमा मनोनयन गरिएको हो।
कांग्रेसले विभिन्न राजनीतिक दलहरूसँग संवाद, सहकार्य तथा समसामयिक राजनीतिक विषयमा समन्वय गर्ने उद्देश्यले गठन गरेको उक्त समितिलाई थप प्रभावकारी बनाउन नयाँ सदस्यहरू मनोनयन गरिएको जनाइएको छ।
नवनियुक्त सदस्यहरूले पार्टीको राजनीतिक संवादलाई सुदृढ बनाउने, अन्य दलहरूसँग आवश्यक समन्वय र छलफललाई व्यवस्थित गर्ने तथा राष्ट्रिय राजनीतिमा पार्टीको धारणा प्रभावकारी रूपमा प्रस्तुत गर्न भूमिका खेल्ने अपेक्षा गरिएको कांग्रेसले जनाएको छ।
पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता समीकरण र दलहरूबीच बढ्दो संवादको आवश्यकतालाई मध्यनजर गर्दै कांग्रेसले समितिलाई थप सक्रिय बनाउने तयारी गरेको बताइएको छ। समितिले आगामी दिनमा विभिन्न राजनीतिक दलहरूसँग नियमित छलफल, सहकार्य र समन्वयका कार्यक्रम अघि बढाउने विश्वास पार्टीले व्यक्त गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment