सत्तामा पुग्न र टिक्क बिदेशीको मुख ताक्ने आत्मसमर्पणबादी प्रवृत्तिले मुलुकको हित गर्दैन: कमल थापा
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र टिक्क बिदेशिको मुख ताक्ने आत्मसमर्पणबादी मानसिकता र प्रवृत्तिले मुकुकको हित नगर्ने बताएका छन्।
बिहीबार मकवानपुरको बकैया गाउँ पालिका-३ हात्तिसुढेमा पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष थापाले भारतीय सुरक्षाकर्मीले तुइनको डोरी काटि दिएको घटना समेत बंग्याउन वाध्य पार्ने सरकारले जयसिंह धामीलाई न्याय दिलाउछ भन्ने आशा गर्न नसकिने उल्लेख गर्दै थापाले भने, “जयसिंह धामीलाई सरकारले न्याय दिनुपर्छ।’
धर्म,सस्कृती र पहिचान समाप्त पारेर समृद्धिको चाहना सम्भब नहुने भन्दै थापाले राष्ट्रियता , स्वाधिनता सङ्गै धर्म ,सस्कृती पहिचान जोगाउन नेपाली जनता एकजुट हुनुपर्ने आबश्यकता औल्याए। लोभ, लालच र भ्रमको राजनीति टिकाउ नहुने भन्दै थापाले कुप्रचार र षड्यन्त्र चिरेर उच्च मनोबल सहित स्थानीय तहको निर्बाचनको तयारी सहित अगाडि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिए।
कार्यक्रममा राप्रपाका नेताहरु राजाराम बर्तौला, गुरु प्रसाद सापकोटा ,सागर थापा, बद्री कुँवर ,दामोदर वाग्ले, प्रेमलाल श्रेष्ठ ,अर्जुन तिमल्सिना,भरत लामिछाने, राजाराम अर्याल, भृगु कार्की लगायतको उपस्थिति रहेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment