लम्बिनी प्रदेशमा मन्त्री हेरफेर
काठमाडौं। लुम्बिनी प्रदेश सरकारमा मन्त्री हेरफेर र कार्यविभाजन भएको छ। मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारीसमा देश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार हेरफेर र कार्य विभाजन गरेका हुन् ।
सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्कालाई सहकारी मन्त्रालयको थप जिम्मेवारी दिइएको छ। यसअघि ग्रामीण तथा शहरी विकास मन्त्री रहेका डिल्लीबहादुर चौधरीलाई पर्यटन समेत थपेर पर्यटन, ग्रामीण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
विभागीय मन्त्री बनेका अजयबहादुर शाहीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएको प्रदेश प्रमुख कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
मुख्यमन्त्री केसीले भने आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, वन वातावरण तथा भू–संरक्षण मन्त्रालय, शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गरी ९ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। जसपाका तर्फबाट मन्त्री भएका सुमन शर्मा रायमाझी र पुरमति ढेंगा भने विना विभागीय नै छन्।

No ads found for this position


डिसी नेपाल
Facebook Comment