नेपालसँग वामदेवको सर्त- म एकीकृत समाजवादीमा आउन जबज स्वीकार्नुपर्छ

डिसी नेपाल
१८ भदौ २०७८ १४:४९
316
Shares

काठमाडौं। एमाले उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा आबद्धताका लागि सर्त राखेका छन्। एमालेले अंगीकार गर्दै आएको जनताको बहुदलीय जनवाद (जबज) एकीकृत समाजवादीले अंगीकार गरेर आफूहरु पनि नयाँ पार्टीमा सहभागी हुने गौतमले बताएका छन्।

शुक्रबार निजी सचिवालयमार्फत प्रेस नोट जारी गरेर गौतमले आफूहरू एकीकृत समाजवादीमा प्रवेश गर्न मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवादका साथै जनताको बहुदलीय जनवाद रहनुपर्ने बताएका हुन्।

जारी प्रेस नोटमा भनिएको छ, ‘माधवकुमार नेपालको अध्यक्षतामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा हामी प्रवेश गर्नका लागि मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवादका साथै जनताको बहुदलीय जनवाद पनि रहनुपर्छ भन्ने एक मात्र सर्तबाहेक अरु कुनै सर्त क.वामदेव गौतमले राख्नुभएको छैन। अन्य सबै प्रकारका प्रचारवाजीहरु गलत भएको जानकारी गराइन्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *