पूर्वमन्त्री पुरुषोत्तम पौडेलले छाडे माधव नेपालको साथ, एमालेमै रहने निर्णय
काठमाडौं। पूर्वमन्त्री पुरुषोत्तम पौडेलले माधव नेपालको साथ छाडेका छन्। नेकपा एकता एकता भंग भई एमाले ब्युँतिएपछि माधव नेपालसँगै समानान्तर कमिटीमा आबद्ध पौडेल पार्टी विभाजनको एक महिनापछि एमालमै रहने निर्णयमा पुगेका हुन्।
तत्कालीन एमालेको खेलकुद महासंघका अध्यक्ष पौडेल सुशील कोइरालाको पालामा खेलकुदमन्त्री बनेका थिए। पौडेलले एमालेमा ४३ वर्ष सक्रिय राजनीतिक जीवन बिताइसकेकाले आफ्नो कर्मभूमि र मूल पार्टीलाई एकीकृत गर्ने पक्षमा निर्णय लिएको जानकारी दिएका छन्।
अलग पार्टी बनाएर शक्तिलाई विभाजन गर्नुभन्दा पार्टीभित्रै बसेर समस्याहरूको समाधान गर्दै अघि बढ्ने प्रयास गर्नु बढी उपयुक्त देखिने उनको भनाइ छ । ‘विभाजनतिर लाग्नुभन्दा आफूले जगैदेखि उठाएको पार्टीलाई अझै मेहनत साथ शुद्धीकरण र सुदृढीकरण गर्दै अघि बढ्नु उचित हुने देखिन्छ। पार्टी विभाजन गरेर अनेक शक्तिहरूलाई खेल्ने अवसर दिनुभन्दा हरेकले आफैंलाई सच्याएर अघि बढ्नु सर्वथा उचित हुने स्पष्ट छ,’ उनले भनेका छन्।
विगतमा पनि पार्टीभित्रका समस्याहरूको समाधान र एकताको पक्षमा आवाज उठाउँदै आएको भन्दै पौडेलले आफूले मेहनतपूर्वक बनाएको पार्टीभित्र बसेर विकृति तथा विसंगत विचारसँग लड्दै अघि बढ्ने उल्लेख गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment