बाजुराका चार पालिकामा पदाधिकारी सर्वसम्मत

डिसी नेपाल
१० असोज २०७८ १७:५३
24
Shares

काठमाडौं । शनिबारदेखि सुरु भएको अधिवेशनले बाजुराका नौ स्थानीय तह मध्य चार पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

बूढीनन्दा नगरपालिका, गौमुल गाउँपालिका, बूढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकामा सर्वसम्मत पालिकाको नेतृत्व चयन गरेको हो । जिल्लाको प्रदेश निर्वाचन क्षेत्र (क) का दुई पालिका र प्रदेश निर्वाचन क्षेत्र (ख) का दुई पालिकाको नेतृत्व आज बिहान चयन गरेको जिल्ला निर्वाचन समिति बाजुराका निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताएका छन् ।

बूढीनन्दा नगरपालिकामा डबलबहादुर खड्का र जगन्नाथ गाउँपालिकामा सुन्दर विष्ट सभापतिमा निर्विरोध निर्वाचित भएको भण्डारीले बताए । बूढीगङ्गा नगरपालिकामा जयराज उपाध्याय र गौमुल गाउँपालिकामा राजबहादुर धामी सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।

त्यहाँका नौ पालिकामध्ये हिमाली गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका, बडीमालिका नगरपालिका, त्रिवेणी नगवरपालिका र खप्तड छेडेदह गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको निर्वाचन अधिकृत भण्डारीले बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.