राष्ट्रिय सम्मेलनको मापदण्ड बनाउँन माओवादी केन्द्रको बैठक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको बैठक बोलाइएको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो।
माओवादी केन्द्रले आगामी पुसको ११ गतेदेखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनको बारेमा आजको बैठकमा छलपल गर्ने बताइएको छ।
एक केन्द्रीय नेताका अनुसार आजको बैठकले सम्मेलनका लागि मापदण्ड तयार गर्ने भएको छ। राष्ट्रिय सम्मेलनको लागि प्रतिनिधि, प्रणाली र केहीलगायतका विषयमा छलफल हुने ती नेताले बताए।
असोजको ३० गते पालिका सम्मेलनको कार्यतालिका बनाएको माओवादी केन्द्रले दशैंका कारण उक्त कार्यतालिका परिवर्तन गर्ने भएको छ। अहिले वडा सम्मेलन चलिरहेको छ। प्रदेशको सम्मेलन भने मंसिर १५ गते हुने माओवादी केन्द्रले कार्यतालिका सार्वजनिक गरेको छ।
यस्तै,
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment