कांग्रेस अधिवेशनः झापाको १५ स्थानीय तहमध्ये एक स्थानमा महिला सभापति
काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पालिका स्तरिय अधिवेशनमा झापाको १५ वटै स्थानीय तहले नयाँ नेतृत्व पाएको छ। झापा जिल्ला कांग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्माको गृह जिल्ला पनि हो।
आईतबार भएको स्थानीय तहको अधिवेशन मार्फत बिर्तामोड नगरपालिकामा भोजराज सिटौला नेतृत्वमा आएका छन्।त्यस्तै दमक नगरपालिकामा प्रकाश प्रसाँई सभापति बनेका छन्।मेची नगरपालिकामा सुदय पनेरु,कन्काई नगरपालिकामा दुर्गाप्रसाद प्रसाँई चयन भएका छन्। कमल गाउँपालिकामा बुद्धिराज न्यौपाने र झापा गाउँपालिकामा साघीरथ गणेश सभापतिमा चयन भएका छन्।
भद्रपुर नगरपालिकामा रामबहादुर कंडेल,अर्जनधारा नगरपालिकामा हेमराज खरेल, गौरादह नगरपालिकामा यादवराज सेढाइँ, बुद्धशान्ति गाउँपालिकामा चक्र शर्मा सभापतिमा चयन भएका छन्। कचनकवल गाउँपालिकामा तुलाराम अधिकारी चयन भएका छन् ।
शिव सताक्षी नगरपालिकामा अशोक बस्नेत सभापतिमा चयन भएका छन् । हल्दिबारी गाउँपालिकामा गंगा प्रसाइँ सभापतिमा चयन भएका छन् । गौरीगंज गाउँपालिका समितिको सभापतिमा अधनुप्रसाद राजवंशी चयन भएका छन् ।
र बाह्रदशी गाउँपालिकामा इन्दु बस्नेत सभापति चयन भएकी छिन् । उनी झापाको स्थानीय तहको एकमात्र महिला सभापतिको नेतृत्वमा आएकी हुन्।







डिसी नेपाल








Facebook Comment