चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

डिसी नेपाल
१४ असोज २०७८ १६:५८
108
Shares

काठमाडौं।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जर्मनी, नर्वे, फ्रान्स र इजिप्टका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि इजिप्टका नोहा हम्दी अहमद एलगेब्ली, जर्मनीका टोमास हाइनरिस प्रिन्च, नर्वेका तोरुन ड्रामदाल र फ्रान्सका जिल बुरबा ओले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

त्यस अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र सचिव भरतराज पौड्याल तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.