ओली पुगे महाधिवेशन स्थल
काठमाडौं। एमालेको प्रथम विधान महाधिवेशनमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली विधान महाधिवेशनस्थल गोदावरीको सनराइज हल पुगेका छन्। सातदोबाटोबाट कार्यकर्ताको स्कर्टिङ्गसहित ओली आफ्नो पुरानो सैलीमा हात हल्लाउँदै अधिवेशनस्थल पुगेका हुन्।
निर्धारित समयभन्दा केही ढिला पुगेका ओलीसँगै केन्द्रीय पदाधिकारीहरू महाधिवेशन हल प्रवेश गरेका छन्।
ओली पुग्नुअघि सम्मेलनमा सहभागी हुन आएका प्रतिनिधिहरू ‘नेकपा एमाले प्रथम विधान’ लेखिएको ठूलो पोस्टर र केपी ओलीको पूर्णकदको फोटोसहितको ठूलो पोष्टरमुनि बसेर सेल्फी खिचिरहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment