एक अध्यक्ष र पाँच उपाध्यक्षसहित यस्तो हुनेछ एमाले केन्द्रीय समिति

डिसी नेपाल
१५ असोज २०७८ १३:५९
1.3k
Shares

काठमाडौं। ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी एमाले विधान महाधिवेशनले पार्टीका केन्द्रीय संरचना प्रस्ताव गरेको छ । जसअनुसार अब एमाले केन्द्रीय कमिटी दुई सय २५ सदस्यीय हुने भएको छ।

एमालेमा अब अध्यक्ष, उपाध्यक्ष पाँच, महासचिव एक, सचिव ६, सदस्य दुई सय १२ जना गरी केन्द्रीय समिति दुई सय २५ सदस्यीय रहने भएको छ। यस्तै, प्रदेश कमिटीका अध्यक्ष पदेन केन्द्रीय समिति सदस्य रहने भएका छन्।

यसअघि एमालेमा दुईजना उपमहासचिव पद थियो । चालू विधान महाधिवेशनमा सो पद खारेज गर्ने प्रस्ताव गरिएको छ। एमाले विधानमा वरिष्ठ नेताको पद पनि हटाइएको छ । यसअघि वरिष्ठ नेता अध्यक्षपछिको वरीयतामा रहन्थे।

हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षको पद सातजना बनाउनुपर्ने प्रस्ताव गरिएको थियो । तर, विधान महाधिवेशनले पाँचजना बनाउनुपर्ने प्रस्ताव गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *