कांग्रेस विराटनगर सभापतिमा शेखर निकट चापागाईं विजयी

डिसी नेपाल
१७ असोज २०७८ ७:३६
84
Shares

विराटनगर। नेपाली कांग्रेस विराटनगर महानगरपालिका सभापतिमा दीपक चापागाईं विजयी भएका छन्। उनी कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालानिकट हुन्।

आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार चापागाईंले निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेलाई ४७ मतान्तरले पराजित गरेका हुन्। चापागाईँले २ सय १२ मतसहित पाउँदा न्यौपानेले १ सय ६५ मतमा चित्त बुझाए। न्यौपाने सभापति शेरबहादुर देउवानिकट हुन्।

सभापतिकै प्रतिस्पर्धी कृष्ण कार्की र अरूण न्यौपाने क्रमशः १सय ३३ र १ सय २७ मत पाएर पराजित भए।

उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी, सचिवमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचिवमा सचिन पोखरेल र दिवस नेपाल विजयी भएका छन्। शनिबार भएको नगर अधिवेशनमा ६ सय ८१ मतदातामध्ये ६ सय ६४ मत खसेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.