एमाले विधान महाधिवेशनमा आज अध्यक्ष ओलीले जवाफ दिने

डिसी नेपाल
१७ असोज २०७८ ८:२१
60
Shares

काठमाडौं। नेकपा (एमाले)को ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनको अन्तिम दिन आज अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनेछन्।

महाधिवेशनको पहिलो दिन ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए।

ती प्रतिवेदनमाथि छलफल र सुझाव प्रस्तुत गर्न केन्द्रीय निकाय र विभाग, सात वटा प्रदेश कमिटी, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन तथा प्रवासको समेत प्रतिनिधित्व रहेको १० वटा समूह बनाइएको थियो।

१० मध्ये बाँकी रहेका पाँच समूहले आइतबार नै सुझाव पेस गरिसकेपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनबारे, महासचिव पोखरेलले सांगठनिक प्रतिवेदनबारे र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्तावबारे जवाफ दिनेछन्।

गत शुक्रबारबाट सुरु भएको विधान महाधिवेशनमा ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागी छन्। प्रतिवेदनमाथि प्राप्त सुझावमा दस्तावेज प्रस्तोताले सम्बोधन गरी पारित गर्ने कार्यसूची छ । महाधिवेशनले पार्टीको केन्द्रीय निर्वाचन आयोग पनि गठन गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *