राजकुमार लेखीलाई आज एमालेमा भित्र्याउँदै ओली
काठमाडौं। नेता राजकुमार लेखी लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएको चार दिनमै आज आइतबार नेकपा एमालेमा प्रवेश गर्दैछन्। आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष तथा थारु कल्याणकारिणीसभाका पूर्वमहामन्त्री लेखीले १४ असोजमा मात्र लोकतान्त्रिक समाजवादी छाडेका थिए।
गोदावरीमा जारी एमालेको विधान महाधिवेशनस्थल पार्टी अध्यक्ष केपी शर्मा ओलीले लेखीलाई भित्र्याउन लागेका हुन् । लेखीसँगै विभिन्न पार्टीका नेता, कार्यकर्ता एमालेमा प्रवेश गर्ने कार्यक्रम छ ।
लेखी पछिल्लो समय लोसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्य थिए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment