पञ्चा सिंह अखिल क्रान्तिकारीकी पहिलाे महिला अध्यक्ष
काठमाडौं। माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छन्। अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनले अध्यक्ष चयन गर्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी दिएको थियो।
प्रचण्डसहित अखिल क्रान्तिकारीका विद्यार्थीहरू सहभागी भएको बैठकले आइतबार बिहान अध्यक्षमा पञ्चा सिंहलाई चयन गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका नेता रत्न ढकालले जानकारी दिए । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो।
अखिल क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेतको पनि दाबी थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment