एमालेको केन्द्रीय सचिवालय १५ सदस्यीय

डिसी नेपाल
१७ असोज २०७८ १४:१०
424
Shares

काठमाडौं। एमालको केन्द्रीय सचिवालय १५ सदस्यीय हुने भएको छ। तीन दिनदेखि जारी प्रथम विधान महाधिवेशनमा समूहगत नेताहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपमहासचिव विष्णु पौडेलले अब एमालेको पदाधिकारी १५ जना रहने जानकारी दिएका हुन्।

१५ जनाभन्दा बढी पदाधिकारी रहने केन्द्रीय सचिावलय बनाउन नहुने बताउँदै उनले महाधिवेशनमा उठाइएका विषयलाई आत्मसाथ गर्दै पदाधिकारी १५ सदस्यीय बनाएको बताए।

उनका अनुसार अध्यक्ष एकजना, वरिष्ठसहित पाँचजना उपाध्यक्ष, महासचिव एकजना, उपमहासचिव एकजना र सचिव सातजना गरी १५ सदस्यीय केन्द्रीय सचिवालय रहनेछ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *