एमालेको नयाँ लोगो सूर्यभित्र हँसिया हथौडा
काठमाडौं । नेकपा एमालेको विधान संशोधन प्रस्ताव पारित भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनले विधान संशोधन प्रस्ताव पारित गरेको हो ।
विधान संशोधनका लागि उपमहहासचिव विष्णु पौडेलले शुक्रवार संशोधन प्रस्ताव पेस गरेका थिए । १० समूहमा समूहगत छलफल भई आएका सुझावहरु समेटेर प्रतिवेदनलाई अन्तिम रुप दिइएको थियो । आइतबार उक्त प्रस्ताव पारित भएको हो ।
पारित भएको विधानमा लोगो सूर्यभित्र हँसिया हथौडा राखिएको छ । यसअघि एमालेको लोगोमा सूर्यभित्र सीपीएन यूएमल बीचमा सानो आकारको हँसिया हथौडा थियो । त्यस्तै महानगरमा १०१, उपमहागरमा ८५ र नगर तथा गाउँपालिकामा ७५ जना रहने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment