टोखामा बिमली र नागार्जुनमा गौतम निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेस टोखा नगरपालिकाको सभापतिमा ओमकृष्ण विमली निर्वाचित भएका छन् भने नागार्जुन नगरपालिकाको सभापतिमा दुर्गाप्रसाद गौतम विजयी भएका छन् ।
कांग्रेस टोखा नगरपालिकाको आज बिहान सम्पन्न मतपरिणामअनुसार विमलीले अर्का उम्मेदवार दीपकराज जोशीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
टोखाको दुई उपसभापतिमा मनराज अधिकारी र ऋषिराम अर्याल, दुई सचिवमा नरेन्द्र बानियाँ र द्वारिका कुइँकेल, दुई सहसचिवमा विजेन्द्र श्रेष्ठ र सीता प्रजापति विजयी भएका छन्। टोखामा ११ वडा छन्।
त्यस्तै आज बिहान सम्पन्न मतपरिणाअनुसार उनले १२८ मत ल्याएर विजय भएका हुन्। गैतमका प्रतिद्वन्द्वी अच्युत पाण्डेले ७८ मत प्राप्त गरे। दुई उपसभापतिमा लेखनाथ काफ्ले र नवराज पुरी, दुई सचिवमा कृष्ण दाहाल र रवीन श्रेष्ठ तथा दुई सहसचिवमा अमृत लामिछाने र सविन गौतम विजयी भएको निर्वाचन समितिले जनाएको छ । नागार्जुन नगरपालिकामा १० वडा छन्। काठमाडौँका पालिकामा शनिबार अधिवेशन घोषणा गरिए पनि दक्षिणकाली नगरपालिकाबाहेक सबै पालिकामा अधिवेशन कार्य प्रारम्भ भएको थियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment