देउवा सरकार असफल
काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले देशमा अस्थिरता ल्याउनका लागि विभेद अन्त्य हुनुपर्ने बताएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सप्तरीले आज राजविराजमा आयोजना गरेको स्वागत तथा समान्न कार्यक्रममा उनले नेपालको राजनीति स्थिरता नभएसम्म कुनै पनि सरकार टिक्न नसकिने बताए ।
अहिले गठबन्धनमा पनि मन्त्रिमण्डल विस्तारका नाममा मतभिन्नता भइरहेको भन्दै उनले देउवा सरकार बनेको झण्डै तीन महिना हुन लाग्दा मन्त्रिपरिषद् गठन गर्न सरकार असफल भएको बताए ।
पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पहिचानसहितको सङ्घीयता, समावेशिता, लैङ्गिकता, मधेसी, मुस्लिम, थारुलगायत अधिकार प्राप्तिको संविधान संशोधन हुनुपर्ने बताए । जनताको पहिचानको अधिकार नभएसम्म सङ्घर्ष जारी रहने भन्दै उनले अधिकार प्राप्तिका लागि राष्ट्रिय मुक्ति आन्दोलनको जरुरी रहेको बताए । लोसपा नेता शरदसिंह भण्डारीले मधेसको मुद्दा समेट्न संविधान संशोधन हुनुपर्ने बताए। उनले मधेसीको अधिकारका लागि सबै पार्टी एकबद्ध हुनुपर्ने जोड दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment