कांग्रेस ताप्लेजुङ सभापतिमा गजेन्द्र विजयी

डिसी नेपाल
१८ असोज २०७८ ९:१५
16
Shares

ताप्लेजुङ । नेपाली कांग्रेस ताप्लेजुङको सभापतिमा गजेन्द्रप्रसाद तुम्याहाङ निर्वाचित भएका छन्। चौधौँ जिल्ला अधिवेशनअन्तर्गत आइतबार सम्पन्न निर्वाचनबाट तुम्याहाङ निर्वाचित भएका हुन्।

यस्तै, उपसभापतिमा गणेश चोङ्वाङ, डिल्लीरमण बराल, सचिवमा डम्बर हाङ्गाम र नन्दकुमार ओझा निर्वाचित हुनुभएको छ । सहसचिवमा तेज सुनुवार (जङ्ग) र नन्दकुमार आङ्बुहाङ निर्वाचित भएकाे निर्वाचन अधिकृत तिलक पाण्डेले जानकारी दिए।

एक उपसभापतिबाहेक तुम्याहाङको प्यानल नै विजयी बनेको हो। तुम्याहाङसँग पार्टीका पूर्वसचिवसमेत रहेका छविलाल गुरुङ प्रतिस्पर्धामा थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.