प्रधानन्यायाधीशले भने, ‘मन्त्रिमण्डलमा मैले भाग मागेको छैन, मेरो कुनै भूमिका छैन’

डिसी नेपाल
१८ असोज २०७८ १२:२४
116
Shares

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूले मन्त्रिमण्डलमा भाग नमागेको बताएका छन्। सर्वोच्च अदालत बार एशोसिएनसका पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश जबराले मन्त्रिमण्डल भागवण्डामा आफ्नो कुनै भूमिका नरहेको बताए।

प्रधानन्यायाधीशले भाग मागेपछि मन्त्रिमण्डल विस्तार हुन नसकेको समाचारहरु आएपछि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीले आज विहान प्रधानन्यायाधीश जबरालाई भेटेका थिए। भेटमा मन्त्रिमण्डलमा भागवण्डाबारे जिज्ञासा राखेको अध्यक्ष शाक्यले बताए।

‘उहाँले मैले यस्तो काम गरेको छैन। अहिलेसम्म संविधान र न्यायापालिकाको मैले बचाउ नै गरेको हो। यसमा असर पर्ने कामहरु गरेको छैन। मन्त्रिमण्डलमा को राख्ने नराख्ने प्रधानमन्त्रीको जिम्मेवारीको कुरा हो । मेरो कुनै भूमिका हुँदैन । मैले केही भनेको पनि छैन,’ प्रधानन्यायाधीश जबराको भनाइ उद्धृत गर्दै शाक्यले भने।

आफूहरुले त्यहीँ किसिमको स्टेटमेन्ट आउनुपर्ने सुझाव दिएको शाक्यले बताए। ‘औपचारिक वक्तव्य आएपछि हामी थप अगाडि बढ्छौं,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.