भागवण्डाको राजनीति न्यायपालिकामा ल्याए स्वीकार्य नहुने सर्वोच्च बारकाे चेतावनी

डिसी नेपाल
१८ असोज २०७८ १२:५२
84
Shares

काठमाडौं। सर्वोच्च अदालत बार एशोसिएसनले न्यायालयमा भागवण्डाको राजनीति स्वीकार्य नहुने चेतावनी दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिमण्डलमा भाग मागेको समाचारहरु आएका बेला सर्वोच्च बारले यो स्वीकार्य नहुने चेतावनी दिएको हो।

प्रधानन्यायाधीश जबरासँग आज विहान पदाधिकारीसहित भेटपछि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले राजनीतिक भागवण्डामा न्यायपालिकालाई प्रभाव पार्ने, दूषित बनाउने कार्य स्वीकार्य नहुने बताए।

प्रधानन्यायाधीशले कुनै भागवण्डाको सहमति नभएको र आफ्नो सरोकार पनि नभएको प्रष्टिकरण दिएको जानकारी दिँदै शाक्यले दलहरुले पनि भागवण्डाको राजनीति न्यायालयमा ल्याउन नहुने बताए।

‘न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षतालाई जोगाएर राख्ने सबैको कर्तव्य हो । राजनीतिक दल, नेता सरकार र कुनै पनि अंगहरु यो कुरामा चुक्नु हुँदैन । यो कुराप्रति सचेत हुनुपर्छ,’ उनले भने।

यदि कुनै पनि दल वा सरकार वा विपक्षी पार्टीले न्यायपालिकालाई प्रभाव पार्ने प्रयास पनि गरेमा त्यसको विरोध गर्ने उनले बताए। ‘यो भागवण्डाको राजनीति न्यायपालिकामा ल्याएर दुषित गर्न हुँदैन भन्ने हाम्रो मान्यता रहेको छ। कुनै प्रयास भयो भने हामीले घोर विरोध गर्छौं र हामीलाई स्वीकार्य हुँदैन,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.