पूर्व माओवादी नेता प्रभु साह निकट प्रदेश २ का २५ सदस्यले दिए एमालेबाट राजीनामा
काठमाडौं। माओवादी पृष्ठभूमिका एमाले नेता प्रभु साह निकट २५ जना एमाले प्रदेश २ का सदस्यहरुले सामूहिक राजीनामा दिएका छन्।उनीहरुले आईतबार एक विज्ञप्ति जारी गरि नेकपा एमालेबाट सामूहिक राजिनामा दिएका हुन्। अदालतले तत्कालिन नेकपा भंग गरि पूर्ववत् एमाले र माओवादी ब्यूँताईदिएपछि प्रभु साह सहित उनीहरु एमालेमै रहेका थिए।
पार्टीको नाम एमाले भएपनि नेकपा कै रुप हुनुपर्ने साहको जोड थियो।तर पार्टीमा राजा महाराजा हावी भएको उनीहरुको आरोप छ। पटक÷पटक एमाले नेतृत्व संग असन्तुष्ट रहेको साहको समूहले एक साता अगाडि एमाले केन्द्रीय समितिको बैठकमा ८ बुँदे असन्तुष्टि पत्र समेत पेश गरेका थिए।
राजिनामा दिनेहरुमा उपेन्द्र साह, मनोज कुमार यादव, कुन्दन कुशवाहा, त्रिभुवन साह, सियाराम कुशवाहा, कविता साह, रामअधार कापड़, राजकुमार यादव, शिव पुजन यादव, श्रीलाल महासेठ, सिला यादव, शिव कुमार कापड, रामसिंह यादव, ईस्लाम हवारी, रामप्रित राम, महेश यादव, किसुन मण्डल, राधाकृष्ण मैनाली, शोभित यादव, फुलझरी देवी, योगेन्द्र साह, मो। सैनुला अन्सारी, मुक्ति नारायण मिश्रा, राश नारायण राय र सन्तोष मेहता रहेका छन्।







डिसी नेपाल







Facebook Comment