सांसदको खातामा २ करोड ९८ लाख ४६ हजार निकासा, खारेज भयो दशैं भत्ता
काठमाडौँ । यो बर्ष सांसदहरुले दसैँ भत्ता नपाउने भएका छन्।
प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुको खातामा असोज महिनाको मात्र तलबभत्ता गएको छ भने दसैँ भत्ता पठाइएको छैन। गत वर्ष दशैं भत्ता दिँदा विवाद भएको र यस वर्ष मन्त्रिपरिषदले सांसदहरुलाई दसैँ भत्ता दिने वा नदिने भनी कुनै निर्णय नगरेकाले दसैँभत्ता नदिएको संसद सचिवालयले जानकारी दिएको छ ।
सभामुख, अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलको नेता, राष्ट्रिय सभाको उपाध्यक्ष, विपक्षी दलको नेता, सत्तापक्षको नेता र मुख्य सचेतक, विपक्षी दलको प्रमुख सचेतक, सभापतिहरुसहित २४ जना पदाधिकारीको तलब सांसदले ६६ हजारभन्दा बढी पाउँछन् ।
संसद सचिवालयका अनुसार असोज महिनाको तलबबापत सांसदको खातामा मंगलबार २ करोड ९८ लाख ४६ हजार रुपैयाँ निकासा भएको छ भने सांसदका पिएका लागि १ करोड ४३ लाख ७४ हजार रुपैयाँ निकासा गएको छ । तलबबाहेक विशेष भत्ता, टेलिफोन, इन्टरनेट, पत्रिका, बिजुली, धाराको महसुलसमेत उपलब्ध गराइन्छ ।







डिसी नेपाल








Facebook Comment