देउवाको गढमा पौडेल समूहले ‘धावा’ बोलेपछि…

सम्भव सिंह ठकुरी
२० असोज २०७८ १४:२४

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सरगर्मी जति तातेको छ, त्यतिनै विवाद पनि पेचिलो बनेको छ, त्यो पनि सभापति शेरबहादुर देउवा कै गृह नगर डडेल्धुरामा।

जिल्लाबाट सिफारिस भएको केन्द्रबाट नै विधि र प्रक्रिया नपुर्याइ जिल्लाबाट सिफारिस भएका ४६० जना क्रियाशील सदस्यको नाम काटेर देउवाले आफू अनुकुल ३१२ लाई क्रियाशील सदस्यता दिएर अनावश्यक हस्तक्षेप गरेपछि डडेल्धुरामा विवाद उत्पन्न भएको हो।

विवाद उत्पन्न भएपछि जिल्ला सभापति कर्ण मल्ल पक्षधरले पलिका अधिवेशन नै बहिस्कार गरी अनसन बसिरहेका छन्। उक्त अनसनलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र उनको समूहले एक्यवद्धता जनाइसकेका छन्।

डडेल्धुराको विवादलाई पौडेलले देउवाको अहंकारी चरित्रले कांग्रेस र लोकतन्त्र सुदृढ नहुने बताएका छन्। उनले भनेका छन्, ‘पार्टी भित्र आन्तरिक लोकतन्त्रको लडाँइमा आवाज उठाइरहने छौँ। हामीले पार्टीभित्र अधिनायकवाद जन्माउनको लागि प्रजातन्त्रको लडाईं लडेका होइनौं। बलियोले मिच्दै जाने र निर्धाले कहिल्यै न्याय नपाउनु लोकतन्त्रमा लाजमर्दो कुरो हो।’

त्यतिमात्र होइन, डडेल्धुरा पार्टी कार्यलय किसुनजी भवनमा अनशनरत नेताकार्यकर्ताला आश्वासन दिलाउन र एक्यवद्धता जनाउन केन्द्रीय सदस्यहरु डा.शेखर कोइराला, अर्जुनरसिंह केसी, गुरुराज घिमिरेले डडेल्धुरामै पुगेर देउवाको गढमा ‘धावा’ दिएका छन्।

आइतबार पौडेल पक्षका नेताहरु डडेल्धुरा पुग्दा देउवा समूहका कार्यकर्ताले कार्यक्रम बिथोल्न कालो झण्डासमेत देखाएका थिए। देउवा समूहका कार्यकर्ताले त्यसरी अनावश्यक हस्तक्षेप गरेपछि नेता कोइरालाले कांग्रेसभित्र कालो झण्डालाई पनि स्वागत गर्ने संस्कार भएको भन्दै कोइरालाले डडेल्धुरामा कार्यकर्तामाथि अन्याय भएको र सभापति देउवाले गल्ती सच्याउन चेतावनी दिएका थिए।

‘डडेलधुराको यो भेलाले सभापति र छानविन समितिले गरेको गल्ती सच्याउन माग गरेको छ। मलाई विश्वास छ डडेलधुरामा भएको गल्ती सभापतिजीले सच्याउनुहुनेछ’, कोइरालाले भने। मर्कामा पारिएका देशभरका कांग्रेस कार्यकर्ताको न्यायका लागि आफूहरु लडिरहने कोइरालाको भनाइ थियो।

डडेल्धुराको विवाद के हो ?

जिल्लाबाट प्रस्ताव भएको क्रियाशील सदस्य केन्द्रबाट सभापति देउवाले आफूअनूकुल नेतृत्वको लागि अनावश्य हस्तक्षेप गरेपछि विवाद उत्कर्षमा पुगेको हो। जिल्ला सभापति मल्लले भिमबहादुर साउदलाई जिताउने प्रयोजनले देउवाले आफू अनूकुलको सदस्यता वितरण गरेको आरोप लगाइरहेका छन्।

यसरी देउवाले आफू अनूकुल सदस्यतामात्र विरण गरेनन्। मल्ल समूहले बहिस्कार गर्दा गर्दै प्रहरी परिचालन गर भदौ २५ गते वडा तहको अधिवेशन हुँदै स्थानीय तहसम्मको अधिवेशन सम्पन्न भइसकेको छ।

यसरी देउवा समूहले अधिवेशन सम्पन्न गरिसकेपछि पौडेल समूहले शक्ति र सत्ताको दुरुपयोग गरी जिल्लाकार्य समितिको असहमति र असहभागिता हुँदा पनि धाँधली गरेको आरोप लगाइरहेका छन्।

डडेल्धुराको राजनीति कस्तो हो ?

कांग्रेसलाई राम्रोसँग बुझेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्यपनि डडेल्धुराको विवाद अनावश्यक हस्तक्षेप भएको बताउँछन्। ‘विधिविधान मिचेर र जिल्ला कार्यसमितिको सभापतिको असहमतिको बावजुदपनि यसरी अधिवेशन गराउनु गलत हो।

उनले भने, ‘वडा अधिवेशन हुँदा जिल्ला सभापतिहरु अनसनमा बस्नुभएको थिएन, अहिले अनसनमा हुनुहुन्छ। तर पनि सभापतिले पेलेर अधिवेशन गर्नुभएको छ। सभापति देउवाजीले सच्याउनुपर्छ।’

‘कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले यस्ता खाले प्रतिस्पर्धाहरु हुन्छन्। तर सबै समस्याको समाधान गर्न सक्नु कांग्रेसको संस्कार हो,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *