जनताको काम गर्न प्रदेशले केन्द्रको मुख ताक्ने होइन : सांसद शत्रुधन महतो

डिसी नेपाल
२० असोज २०७८ १४:३२

जनकपुर। प्रदेश २ का सांसद शत्रुधन महताले आफ्ना जनताको काम गर्न केन्द्र सरकारको मुख ताक्न नहुने बताएका छन्। बुधबार प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जनताको आवश्यकता पूरा गर्न केन्द्र सरकारलाई कुर्न नहुने बताए।

‘केन्द्र सरकारले गरेन भन्दैमा जनताको आवश्यकता पूरा नगर्ने भन्ने होइन । यसैका लागि संघीयतामा गएका हौँ । मलखादजस्ता आवश्यकता प्रदेश सरकारले पूरा गर्नुपर्छ’, उनले भने, जनताको काम गर्न केन्द्र सरकारलाई कुरिरहनुपर्दैन।’

प्रदेश २ मा निकै भ्रष्टाचार र अनियमितता हुने गरेको भन्दै उनले यस्ता कार्यलाई रोक्नुपर्ने बताए । साइलक, बस, वारुणयन्त्र खरिदमा भएको अनियमितताबारे प्रदेश जनता जानकार रहेको भन्दै उनले यस्ता कार्यलाई रोकेर प्रदेशको विकास र समृद्धि गर्नुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.