मुगुमा देउवा पक्षको वर्चश्व, सभापतिमा शाही
मुगु। नेपाली कांग्रेस मुगु सभापतिमा ऐनबहादुर शाही निर्वाचित भएका छन्। प्रधानमन्त्री एवं पार्टी सभापति पक्षका उनले वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षका उम्मेदवार निवर्तमान सभापति खड्गबहादुर शाहीलाई ५६ मतले हराए।
विजयी ऐनले ४ सय ६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खड्गले ३ सय ५० मतमा चित्त बुझाए। कूल ७ सय ५६ मत खसेकामा १६ मत बदर भएको छ। अन्य पदाधिकारीमा पनि देउवा पक्षकै वर्चश्व छ। उपसभापतिमा कर्ण रावल र हरिजंग शाही विजयी भएका छन्। सचिवमा जन्मजया भण्डारी र लोकेन्द्रबहादुर मल्ल विजयी भएका छन्।
मुगुका निर्वान क्षेत्रमा पनि देउवा पक्षले जितेकाे छ। प्रदेश ‘क’मा कार्मा फुल्जोक लामा र ‘ख’ मा लोकराज दाहाल सभपाति बनेका छन्।
मुगुमा देउवा पक्षले सभापति, उपभापति, दई सचिव, एक सहसचिव, १३ सदस्य र १७ महाधिवेशन प्रतिनिधि हात पारेको छ।







डिसी नेपाल







Facebook Comment