कांग्रेस सहमहामन्त्री महत नेतृत्वको टोली आज भारत जाँदै

डिसी नेपाल
२१ असोज २०७८ ९:२४
104
Shares

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोली आज भारत जाँदै जाँदैछ।

सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका महतसहितको तीन सदस्यीय टोली भारत भ्रमणमा जान लागेको हो। भारतसँग सम्बन्ध सुदढ गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले टोली पठाउन लागेका हुन्।

भ्रमण टोलीमा पूर्वराज्यमन्त्री उदयशमशेर राणा र नेता अजय चौरसिया छन्। चार दिने सद्भाव भ्रमणका क्रममा नेताहरूले बिजेपीका सभापति, महासचिव तथा भारतका परराष्ट्र मन्त्रीलगायतसँग भेट्ने कार्यक्रम रहेको नेता राणाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *