कांग्रेस अधिवेशनः बाजुरामा दोस्रो चरणको निर्वाचन हुने

डिसी नेपाल
२१ असोज २०७८ १३:०५
72
Shares

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बाजुरा जिल्लामा बुधवार भएको निर्वाचनले नयाँ नेतृत्व पाउन सकेन। बिहीबार सार्वजानिक भएको मतपरिणम अनुसार कुनैपनि उम्मेदारले ५१ प्रतिशन मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान आज हुने भएको छ।

बिहीबाार सार्वजानिक भएको मत परिणाम अनुसार,सभापतिका उम्मेदार कबिराज पण्डितले ४८९,रामसिंहले रावतले ४७४ र चक्र शाहले १५२ मत प्राप्त गरेका थिए। कांग्रेसको विधान अनुसार विजयी हुनको लागि खसेको कुल मतको ५१ प्रतिशत मत अनिवार्य ल्याउनु पर्ने प्रावधान रहेको छ।

यसरी कुनै पनि उम्मेदारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि पहिलो र दोस्रो मत ल्याउने उम्मेदारबीच दोस्रो चरणको प्रतिस्पर्धा हुने विधानमा उल्लेख छ। सोही प्रक्रिया अनुसार आज नै दिउँसो १ बजेबाट मतदान हुने निर्वाचन समितिले जानकारी दिएको छ। जिल्ला सभापतिको उम्मेदार पण्डित अहिलेका वर्तमान जिल्ला समितिको पनि सभापति हुन्।

उनी देउवा समूहको उम्मेदार हुन्। दोस्रो मत ल्याउने रावत त्रिवेणी नगरपालिकाको मेयर र १४ औँ महाधिवेशनमा उनै पण्डित संग सभापतिमा पराजय भएका थिए। उनी कोइराला समूहका उम्मेदार रहेकाले केन्द्रीय सदस्य बद्री पाण्डेको समर्थन रहेको छ।

तेस्रो मत ल्याउने सिंह भने स्वतन्त्र उम्मेदार रहेको बुझिएको छ। आज हुने दोस्रो चरणको निर्वाचनमा शाह नै निर्णायक हुने छन्। उद्यपी उनी अहिलेसम्म कुनै पनि समूहमा खुलेका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.