कोरोना नियन्त्रण नभएको भन्दै कांग्रेसद्धारा चियापान कार्यक्रम क्यान्सिल

डिसी नेपाल
२१ असोज २०७८ १६:३९
44
Shares

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले यो वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ ।

हरेक वर्ष चाडपर्वको अवसरमा गर्दै आएको चियापान कार्यक्रम यो वर्ष कोरोना संक्रमण नियन्त्रण भइनसकेको र खोप अभियान जारी रहेको अवस्थामा चियापान कार्यक्रम नगर्ने निर्णय विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा बिहीबार जारी विज्ञप्तिमा लेखिएको छ, “खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवनरक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य हो । महामारीमाथि विजय हासिल गर्न हामी चाँडै नै सफल हुनेछौँ भन्ने विश्वासका साथ नेपाली कांग्रेस बडादसैँ, तिहार, नेपाल संवत् र छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.