कांग्रेसले टुंगो लगायो सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम, को-को बन्दै छन मन्त्री ?

डिसी नेपाल
२२ असोज २०७८ १५:१०
540
Shares

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । आज कांग्रेसका ४ नयाँ मन्त्री थप्दैछन् । स्रोतका अनुसार आज डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीको जिम्मेवारी पाउने भएका छन् । दिलेन्द्रप्रसाद बडुले कानून, उमा रेग्मीले महिला तथा उमाकान्त चौधरीले खानेपानी मन्त्रीकोलाई जिम्मेवारी दिन लागिएको छ।

कानूनमन्त्रालयको जिम्मेवारी सम्हालिरहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई संचारमन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

सत्तारूढ अरू दलहरूले पनि मन्त्रीको नाम बालुवाटारमा पठाइसकेका छन्। आजै मन्त्री नियुक्त गर्ने र अपरान्ह ४ बजे सपथ खुवाउने कार्यक्रम छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.