मन्त्रीको वरीयताः बालकृष्ण खाँण दोस्रो, नेकपा एसभन्दा जसपा अगाडि

डिसी नेपाल
२२ असोज २०७८ १७:२६
988
Shares

काठमाडौं । वर्तमान मन्त्रिपरिषद्‌मा प्रधानमन्त्री शेरबहादुर देउवापछिको दोस्रो वरीयतामा गृहमन्त्री बालकृष्ण खाँण छन् । प्रधानमन्त्री देउवापछिको वरीयतामा दोस्रोमा खाँण, तेस्रोमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् । खाँण र कार्की काँग्रेसका नेता हुन् ।

चौथो वरीयतामा माओवादी केन्द्रबाट मन्त्री बनेकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल छिन् । पाँचौँ वरीयतामा जनता समाजवादी पार्टी नेपालबाट मन्त्रिपरिषद्‌मा सहभागी भएका संघीय मामिला तथा प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ छन् ।

वर्तमान मन्त्रिपरिषद्‌मा कांग्रेस, माओवादी र जसपापछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बाट मन्त्री भएकाको वरीयता कायम गरिएको छ ।

वरीयतामा एकदेखि तीनसम्म कांग्रेस छ भने चौथोमा माओवादी र पाँचौँमा जसपा छ । छैटौँ वरीयतामा नेकपा (एस) बाट स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका विरोध खतिवडा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.