नवनियुक्त मन्त्रीले लिए शपथ

डिसी नेपाल
२२ असोज २०७८ १८:२१
568
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेकी थिइन् । राष्ट्रपति कार्यालयमा शुक्रबार राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएकी हुन् ।

सरकारमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) सहभागी छन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट व्यक्तिको सहभागी रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएको ८८औँ दिनमा मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.