बाँके घटनाको निष्पक्ष छानबिन गर्न अखिलको माग

डिसी नेपाल
१ कार्तिक २०७८ १९:५७

काठमाडौं । बाँके घटनाको निष्पक्ष छानबिन गर्न अनेरास्ववियुले माग गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले सोमबार विज्ञप्ति जारी गर्दै पीडितलाई न्याय दिलाउन आन्दोलनरत पक्षसँग यथाशीघ्र वार्ता र छलफलको माध्यमबाट अनशन अन्त्य गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी हुन् ।

गत ५ साउनमा बाँके जिल्ला जानकी गाँउपालिका–२ स्थित आफ्नै घरमा झुण्ड्याइएको अवस्थामा भेटिएकी नकुन्नी धोबी र नेपालगञ्ज उपमहानगरपालिका–१७ परमपुरकी निर्मला कुर्मीलाई आफ्नै घरबाट बेपत्ता बनाइ हत्या गरिएको थियो ।

‘घटनामा निजहरूका आफन्तहरूले न्याय प्राप्तिका लागि जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र अन्य निकायहरूमा किटानी जाहेरी लिएर जाँदासमेत जाहेरी बुझेर सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्ने कुरा त परै जाओस्, पीडितका आफन्तलाई उल्टै धम्काउने काम भएको छ, यसप्रति हाम्रो संगठनको ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

पीडितलाई न्याय र अपराधीलाई कारबाहीको माग गर्दै महिला अधिकार मञ्च बाँकेको अगुवाइमा नेपालगञ्जबाट काठमाडौँसम्म पैदलयात्रा गरि अहिले माइतीघरमा रुबी खान लगायतका अधिकारकर्मी आमरण अनशन बसेका छन् । उनीहरू नेपालगञ्जबाट पैदलयात्रा गरेर १८ दिनमा काठमाडौं आइपुगेका हुन् ।

आमरण अनशनरत रुबी खान लगायतका सबै आन्दोलनकर्मीको जीवनरक्षाको ग्यारेन्टीसमेत अनेरास्ववियुले गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *