कम्युनिष्टबीच पुनःएकता गरेर आगामी निर्वाचनमा जानुपर्छः मुख्यमन्त्री शाक्य

डिसी नेपाल
३ कार्तिक २०७८ १४:३४
140
Shares

काठमाडाैं। वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कम्युनिष्ट पार्टीबीच पुनः एकता गरेर आगामी निर्वाचनमा होमिनुपर्ने बताएकी छन्।

नेकपा (एमाले)वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको आज यहाँ उद्घाटन सत्रमा बोल्दै उनले जनादेश बमोजिम पुनःसशक्त एमाले बनाएर छिन्नभिन्न कम्युनिष्टलाई एकतामा ल्याई समृद्धि र समाजवादको यात्रामा लाग्नुपर्ने बताइन्। न

“एमाले फुट्नु आवश्यक थिएन । एमाले फुटनुमा कार्यकर्ताको दोष छैन”, उनले भनिन्। मुख्यमन्त्री शाक्यले प्रदेश सरकार विपद् व्यवस्थापन कोष स्थापना गरेर बाढीपहिरामा परेकालाई सहयोग उपलब्ध गराइरहेको जानकारी दिदैं आफूहरुले मन्त्रीको आचारसहिंता बनाएर काम गरिरहेको बताइन्।

बैठकमा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य प्रेम महर्जन (ललितपुर) र झङक कँडेल (रामेछाप) एमालेमा प्रवेश गर्नुभएको एमाले वाग्मती प्रदेश अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *