विपतमा सरकार भएको आभास दिने गरि काम गर्न रामचन्द्रको आग्रह

डिसी नेपाल
३ कार्तिक २०७८ १७:२५
16
Shares

काठमाडाैं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपतमा परेका नागरिकलाई मुलुकमा सरकार भएको आभास दिने गरि काम गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

पौडेलले बुधवार सामाजिक संजालमार्फत आम नागरिकलाई सरकार छ भन्ने आभास दिने गरि काम गर्न आग्रह गरेका हुन् । उनले अप्रत्यासित र बेमौसमी वर्षाका कारण देशका विभिन्न भागमा बाढि पहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ । ठूलो मानविय र भौतिक क्षति भएको भन्दै सरकारले आफ्नो सम्पुर्ण ध्यान तत्काल उद्दार राहतका लागि केन्द्रीत गर्नुपर्ने बताएका छन् । उनले सिंगै अन्नभण्डारका रुपमा रहेको तराईका किसानको धानवाली नष्ट भएको भन्दै किसानहरुलाई समेत राहत दिन आग्रह गरेका छन् ।

पौडेलले सामाजिक संजालमा लेखेका छन् “अप्रत्यासित र बेमौसमी वर्षाका कारण देशका विभिन्न भागमा बाढि पहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ । ठूलो मानविय र भौतिक क्षति भएको छ । कैयौ विस्थापित भएका छन् । सिंगै अन्नभण्डारका रुपमा रहेको तराईका किसानको धानबाली नष्ट भएको छ ।यस्तो बेलामा सरकारले आम नागरिकलाई सरकार छ भन्ने आभास दिने गरि आफ्नो सम्पुर्ण ध्यान तत्काल उद्दार र राहतका लागि केन्द्रीत गर्नु आवश्यक छ । बिपतमा परेका नागरिकले सरकार छ भन्ने आभास दिने गरि काम अगाडि बढाउन मैले सरकारका प्रधानमन्त्रीसंग आग्रह गरेको छु ।यो बिपदअवस्थामा बाढी पहिरोमा परि ज्यान गुमाउनेहरुको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु । साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.