बागमती प्रदेशकी मुख्यन्त्री शाक्यले आज विश्वासको मत लिँदै

डिसी नेपाल
४ कार्तिक २०७८ १५:०१

काठमाडौं । बागमती प्रदेशसभाको बैठक अपराह्न ३ वजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आजको बैठक विशेष कारण जनाउँदै सारिएको सचिवालयले जनाएको छ । नेकपा (एमाले) ले पार्टीको स्थानीय अधिवेशन भएको कारण प्रदेशसभा बैठक यही कात्तिक ११ गतेसम्मको लागि सारिदिन लिखित प्रस्ताव गरेको जनाइएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने बैठकको कार्यसूची छ ।

सो प्रस्तावमाथि आजको बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रक्रिया अगाडि बढाइने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

गत भदौ २ गते मुख्यमन्त्री बनेकी शाक्य केही दिनमै प्रदेश सभामा अल्पमतमा परेकी थिइन् । तत्कालीन एमाले १३ जना सांसदहरूले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा छिन् ।

अल्पमतमा परेपछि मुख्यमन्त्री शाक्यले असोज २३ गतेको प्रदेश सभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरिसकेकी छन् ।
मुख्यन्त्री शाक्यले विश्वासको मत पाउन ५५ सांसद आवश्यक हुन्छ तर सत्तारुढ एमालेसँग ४३ जना सांसद मात्रै छन् ।

विपक्षी गठबन्धनको नेपाली कांग्रेसका २२, नेकपा (माओवादी केन्द्र)का २३, नेकपा (एकीकृत समाजवादी) का १३ जना रहेका छन् ।

यस्तै विवेकशील साझाका तीन, राप्रपाका दुई, नेपाल मजदुर किसान पार्टीकादुई र जनता समाजवादीका एक जना सांसद रहेका छन् । बागमती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्ष गरी हाल १०९ सदस्य छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *