एमाले स्थायी कमिटी बैठक जारी, यी हुन् एजेण्डा

डिसी नेपाल
४ कार्तिक २०७८ १६:२१

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ । ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठान च्यासलमामा जारी बैठकमा पाँचवटा एजेण्डामाथि छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

 

उनकाअनुसार बैठकका मुख्यतः विधान महाधिवेशन समीक्षा, ६ कात्तिकमा हुने भनिएको वडा अधिवेशन, ९ कात्तिकमा हुने भनिएको पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै भएको अविरल वर्षका कारण भएको जनधनको क्षति सम्बन्धमा छलफल हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *